नवलपुर । ईन्द्रावती गाउँपालिका १२ भिमटारका इश्वर खड्काले व्यवसायिक मौरीपालनबाट एकै सिजनमा चार लाख आम्दानी गरेका छन। तीन वर्ष देखि व्यवसायिक मौरीपालनमा आबद्ध उनिसँग अहिले ७५ घार मौरी छन् ।

चितवनबाट ६ महिना तालिम लिएर माैरीपालनमा लागेका हुन उनि । हाल उनी मौरीपालन सम्बन्धी तालिम दिनुका साथै, घारसहित मौरी पनि बेच्नेगरेका छन । हालसम्म उनले प्रति घार १० हजारका दरले ३० वटा घार बेचिसकेका छन ।

“चिउरी र तोरीको लागि जिल्लाका विभिन्न ठाउँका साथै चितवन, बर्दिबास, सर्लाही लगायतका पूर्वका जिल्लामा समेत मौरी चराउन लैजाने गरेको छु”, उनले भने ।

काम गर्न सजिलो र आम्दानी पनि राम्रो हुने भएकाले व्यवसायिक मौरीपालनमा युवा किसानको आकर्षण बढ्ने गरेकाे छ । अहिले आफ्नो व्यवसाय देखेर अरु युवाले पनि व्यवसायिक मौरीपालनमा चासो दिएको खड्काकाे भनाइ छ । मौरीपालक व्यवसायीलाई स्थानीय सरकारले अनुदान वा प्राविधिक सहयोग गरे झनै सजिलो हुने उनी बताउँछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!