दुवाचाैर । २०७९ बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचनमा मेलम्ची नगरपालिका वडा नम्बर ७ नेपाली कांग्रेसकाे तर्फ बाट वडा अध्यक्षमा दिप बहादुर तामाङ सर्बसहमत उम्मेद्बार सिफारिस भएका छन । नेपाली कांग्रेस मेलम्ची ७ काे वडा कार्यसमितिकाे बैठकले उनलाई सर्बसहमत गरेकाे हाे ।

हालै सम्पन्न भएकाे नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट उनी वडा नम्बर ७ काे सभापति पदमा चयन भएका छन । नेपाली कांग्रेस पार्टीमा रहेर सक्रिय रूपमा राजनीतिमा क्रियाशील रहेका तामाङ वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षकाे लागी सर्बसहमत उम्मेद्बार सिफारिस भएका हुन ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकमा रहेर काम गरेका तामाङ नागरिककाे माझमा लोकप्रिय नेताको रुपमा चिनीएकाे नाम हाे । भुकम्प, बाढी पहिराे र काेराेनाकाे समयमा समेत सकृय रूपमा रहेर समुदायमा काम गरेकाेले पनि तामाङ समुदायमा लाेकप्रिय छन । पार्टीको आन्तरीक रुपमा संगठन बलीयो बनाउन महत्वपुर्ण भुमीका खेल्दै पार्टीलाई संकट परेकाे र संगठन कमजाेर हुंदा पनि वडा तहमा रहेर संगठन बलियाे बनाउन उनी अहाेरात्र खटिरहेका छन् ।

उनले वडाका नागरिकलाई पर्ने हर समस्यामा नागरिकको साथमा रहेर काम गरिरहेका छन । जनतामाँझ लाेकप्रिय रहेका तामाङ बलियाे उम्मेदवार रहेकाे तामाङ निकट एक नेताकाे दावि छ ।

भुकम्प, काेराेना जस्ता विपत्तिमा सक्रिय रूपमा काम गरेका तामाङले भाेलि आफू वडामा निर्वाचित भएमा वडा तहमा रहेकाे आम नागरिककाे समस्यालाई केन्द्रविन्दुमा राखेर काम गर्ने बताएका छन् । ‘म संग बलियाे जनाधार छ, युवा नेतृत्व आएमा समाजमा परिवर्तन आउँछ’, उनले भने ‘भैपरि आउने समस्यामा संधै वडाबासी संगै रहनेछु’ ।

वडा अध्यक्षमा सिफारिस भएका तामाङले आफु वडा अध्यक्षमा निर्वाचित भएमा आफ्नाे पहिलाे प्राथमिकता शिक्षा रहेकाे बताएका छन । शिक्षा नै बिकासकाे मेरूदण्ड भएकाेले शिक्षालाई पहिलाे प्राथमिकतामा राखेर काम गर्ने उनले जानकारी दिए ।

शिक्षा संगै स्वास्थ्य, सडक, खानेपानी, खेलकुद लगायतकाे क्षेत्रमा विशेष ध्यान दिने तामाङले बताए । ‘दुवाचाैरमा खानेपानीकाे समस्या छ, खानेपानी त आउँछ तर १०,१५ मिनेट मात्र आउँछ’, उनले भने ‘म वडा अध्यक्षमा निर्वाचित भएमा वडाबासीलाई पर्याप्त पानी पुराउने छु’ ।

युवा लक्षित कार्यक्रम ल्याउने समेत उनले बताए । आफु बैदेशिक राेजगारीमा गएर आएकाे अनुभव सुनाउँदै उनले वडामै राेजगारी सिर्जना गर्ने याेजना समेत अघि सारे । वडा अध्यक्षमा सर्वसहमत भएसंगै घाेषणापत्र र प्रतिवद्वतापत्र निर्माणकाे थालनीमा लागीसकेकाे उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!