सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ११ स्थित इन्द्रावती नदिमा एक युवतीको शब फेला परेको छ । करिब २५/३० वर्षको जस्तो देखिने ती युवतीको शब आज बिहान करिब ९ बजे घोप्टो परेको अवस्थामा फेला परेको हो ।

दाहिने हातमा ट्याटु खोपेकी गहुँगोरो वर्णको ति युवतीको उचाइ ५ फिट ४ इन्च रहेको प्रहरीले जनाएको छ । उनको शब कालो पाइन्ट र सेतोमा बुट्टा भएको सर्ट लगाएको अवस्थामा फेला परेको हो ।

शब फेला परेपछि प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी काठमाण्डौ मेडिकल कलेज, दुवाकोट भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!