जुगल । नेकपा एमाले जुगल गाउँपालिकाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि गाउँपालिकाको अध्यक्षमा आकाङ्क्षीहरु ४ जनाको नाम माथिल्लो कमिटीमा सिफारिस गरेको छ ।

पालिका कमिटीले वर्तमानमा अध्यक्ष तथा गाउँ पालिका महासंघका केन्द्रीय अध्यक्ष होमनारायण श्रेष्ठ,केन्द्रीय प्रतिनिधि परिषद् सदस्य तथा पार्टी वाग्मती प्रदेश सदस्य जंग प्रताप सिलवाल (जेपी), हाल गाउँ पालिका उपाध्यक्ष तथा पार्टी जिल्ला कमिटी सदस्य सिर्जना तामाङ र जिल्ला कमिटी सदस्य तथा वडा अध्यक्ष दिल कुमार लामाको नाम अध्यक्ष लागि माथिल्लो कमिटीमा सिफारिस गरेको हो।

७ वडा रहेको जुगलमा ६ वडा मा सर्वसम्मति वडा अध्यक्ष चयन भएका छन्न जसमा वडा नम्बर १ मा रेसम सिलवाल,वडा नम्बर २ मा चन्द्र काजी लामा, वडा नम्बर ३ मा लक्ष्मण दोंङ,वडा नम्बर ४ मा प्रेम तामाङ,वडा नम्बर ५ मा रवीन्द्र घिमिरे र वडा नम्बर ७ मा छिरिङ लामालाई वडा अध्यक्षमा सर्वसम्मत चयन गरेको छ।

पालिकाले सकभर सर्वसम्मतिबाट नै उमेदवार बनाउने कोसिस गरिरहेको पालिका कमिटीका अध्यक्ष छिरिङ लामाले बताए । बाँकी रहेको एउटा वडा ६ नम्बर वडामा दुई जना नन्दे श्रेष्ठ र माइला लामाले अध्यक्षमा आकाङ्क्षा राखेका छन तर उक्त वडामा पनि सर्वसम्मतिबाटै टुङ्गो लगाउने तयारी रहेको लामाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!