मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मुख्य केन्द्र रहेको मेलम्ची नगरपालिकामा २०७४ असारमा फ्री वाइफाई र नगरबस सञ्चालन भएको थियाे । मेलम्ची क्षेत्रमा सञ्चालन हुने मुख्य दुईवटा यातायात समिति – आमा ह्याल्मो र हेलम्बु यातायात समितिसँग समन्वय गरेर चारवटा बस समेत सञ्चालन गरिएको थियाे ।

तर सञ्चालन भएकाे केही महिनामै बन्द भएपछि न त स्थानियले बस चढ्न पाए नत वाईफाइ नै चलाउन पाए । अहिले ती वाईफाइ र नगरबसकाे नामाेनिसान नै छैन ।

मेलम्चीमा रहेकाे तत्कालिन आमा ह्याल्मो बसपार्कलाई मुख्य केन्द्र बनाएर नगरपालिकाको शिखरपुर, तिपेनी, भोटेचौर र तालामाराङसम्म नगरबस जाने मेलम्ची नगरपालिकाकाले जनाएकाे थियाे ।

यस्तै, मेलम्ची नगरपालिकाभित्र निर्वाचन क्षेत्र विशेष पूर्वाधार कार्यक्रमअन्तर्गत ६ स्थानमा फ्री वाइफाई जडान गरिएको थियाे । मानिसको भीडभाड हुने चोक, अस्पताल, बैंक, सरकारी तथा गैरसरकारी संस्था लगायतका स्थानमा वाइफाई जडान गरिएकाे थियाे ।

स्थानीय तहको निर्वाचन अघिकोे मुख्य नारा रहेको ‘फ्री वाइफाई’ अहिले नारामै सिमित भएकाे स्थानियले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!