काठमाण्डाै । स्थानीय तह निर्वाचन २०७९ मा अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख पदका लागि उम्मेदवारी दर्ता गर्नका लागि चाहिने आवश्यक कागजातहरु निर्वाचन आयाेगले सार्वजनिक गरेकाे छ । यस्ता छन आवस्यक कागजातहरू

अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख पदका लागि उम्मेदवारी दर्ता गर्नका लागि चाहिने आवश्यक कागजातहरु

(क) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
(ख) धरौटी राखेको बैंक भौचर वा नगद रसिद,
(ग) दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र,
(घ) सम्बन्धित गाउँपालिका वा नगरपालिकाकाे कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, उम्मेदवारको स्वघोषणा ।

मनोनयनपत्र दाखिला गर्दा, मनोनयनपत्रमा मनोनित उम्मेदवार, प्रस्तावक र समर्थकको सहीछाप भएको हुनु पर्ने निर्वाचन आयाेगले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!