मेलम्ची १० भन्ज्याङ की एक महिलाकाे मृत्यु भएकाे छ । मेलम्ची १० कि ५२ बर्षिय पम्फा कार्किको मृत्यु भएकाे हाे । उनकाे चट्याङ लागेर मृत्यु भएकाे आशंका गरिएकाे छ ।

५२ बर्षिय पम्फा कार्किको खेत बाट घर जाने क्रममा हिजाे बेलुका नै मृत्यु भएको हुनसक्ने स्थानियले बताएका छन । अहिले इलाका प्रहरी कार्यालय मेलम्चीकाे टाेली घटनास्थलमा पुगेकाे छ ।

स्थानियले चट्याङ बाट मृत्यु भएकाे आसंका गरेपनि घटना हेर्दा चट्याङ लागेकाे नदेखिएकाे इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख, प्रहरी निरिक्षक उत्तम सिंह भण्डारीले बताए । “घटना हेर्दा चट्याङ लागेकाे देखिएन, टाउकाेमा चाेट छ”, भण्डारीले भने “चट्याङ बाट आतिएर लड्दा टाउकाे बजारिएकाे हुनसक्छ” ।

बिहानै डेरीमा दूध लिएर आउने स्थानियले देखेपछि घटनाकाे बारेमा थाहा भएकाे थियाे । त्यसपछि प्रहरी घटनास्थलमा गएकाे थियाे । सवकाे पाेस्टमार्टम गरेपछि थप बिवरण आउने प्रहरीले जानकारी दियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!