चाैतारा । भिरबाट लडेर एक म्यादी प्रहरीको ज्यान गएकाे छ । स्थानीय तह निर्वाचन २०७९ को सुरक्षाको लागि म्यादी प्रहरीमा नियुक्ति भएका दुर्गा सिं बस्नेतकाे ज्यान गएकाे हाे ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७ स्थित मेलचौरमा म्यादी प्रहरीको प्रशिक्षणमा सहभागी रहेका ४० वर्षका बस्नेत विहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए ।

बुधबार दिउँसो ४.३० बजे प्रशिक्षण सम्पन्न भई आफ्नो घर तर्फ गएका थिए बस्नेत । आज विहान ६ बजेको समयमा चौतारा साँगाचोकगढी न.पा. वडा नं. ६ पिपलडाँडा स्थित चौतारा नवलपुर सडक खण्डको डिलबाट अन्दाजि ४० मिटर तल लडी मृत अवस्थामा उनकाे लास फेला परेको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!