
काठमाण्डाै । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले एमालेको घोषणा पत्रलाई जोकरको डायलग भनेर टिप्पणी गरेका छन् ।
शनिबार बिहान एउटा एफएम रेडियोसँगको अन्तर्वार्तामा नेता बस्नेतले भने, ‘एमालेको घोषणा पत्र जोकरहरूको डायलग जस्तो हो ।’ एमालेको घोषणा पत्र मनोरञ्जनका लागि ठीक रहेको बताए ।
‘एमालेको घोषपत्रमा अहिले पनि रेल भनेको छ, अहिले पनि पानीजहाज ल्याउने भनेको छ, अहिले पनि ग्यास दिने भनेको छ । त्यो कुरा जनताले पनि पत्याइदिनु पर्यो नि’, उनले भनेका छन् ।
नेता बस्नेतले कांग्रेसको घोषणापत्र यथार्थमा केन्द्रित हुने जनतालाई झुठ नबोल्ने बताएका छन् ।
‘कांग्रेसको घोषणापत्र जे कुरा हुन सक्छ त्यही कुरा हुन्छ । कांग्रेसले जे कुरा हुन सक्दैन त्यो कुरा गर्दैन’, उनले भनेका छन् ।