नवलपुर । स्थानीय तहमा एक कार्यकाल पुरा गरेका प्रमुख / उपप्रमुख, अध्यक्ष / उपाध्यक्षले पुन: दोहोरिनु भनेको कक्षामा फेल भएँ पुन: परीक्षा दिन पाऊँ भने जस्तै भएकाे इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताएका छन । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत साे कुरा बताएका हुन ।

“स्थानीय तहमा एक कार्यकाल पुरा गरेका प्रमुख / उपप्रमुख, अध्यक्ष / उपाध्यक्षले पुन: दोहोरिनु भनेको म, कक्षामा फेल भए पुन: परीक्षा दिन पाऊँ भने जस्तै हो” तामाङले भने ।

आफुलाई शुभचिन्तकहरूले इन्द्रावती गाउँपालिकामा पुन अध्यक्षमा उमेदवारी दिन गरेकाे आग्रह पश्चात् उनले साे भनाई सार्वजनिक गरेका हुन । साथै उनले आफु गाउँपालिकामा दाेहाेरिन नचाहने कुराले शुभचिन्तककाे भावनामा ठेस लागेकाे बताएका छन । “शुभचिन्तक मित्रहरूको भावनामा ठेस लगाउने आसय कदापी होईन बरू उहाँहरुको माया र स्नेहका लागी म सदा ऋणी एवम् आभारी हुनेछु”, तामाङले भने ।

संघीयता कार्यान्वयनको कठिन समयमा काम गरेर आफ्नो क्षमता प्रदर्शन गरीसकेकाे उनले बताए । आफुले एक कार्यकाल काम गरेर क्षमता प्रदर्शन गरिसकेपछि नयाँ साथीहरुलाई ठाऊ र मौका दिनु उत्तम हुने उनले तर्क गरे ।

गाउँपालिका राष्ट्रिय महासंघका महासचिव समेत रहेका तामाङले भने “स्थानीय तहका प्रमुख / उपप्रमुखहरुले उदारता देखाएर न दोहोरिने प्रतिबद्धता गरौ समयले तपाईहरुको त्यागको मूल्याङ्कन गर्नेछ” ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!