बर्तमान नेतृत्व हेलम्बु गाउँपालिकाका नागरिक र नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरूकाे पश्न र चिन्तन प्रति असंवेदनशील रहेकाे भन्दै नेपाली काँग्रेस हेलम्बु गाउँपालिकाका प्रस्तावित उमेदवारहरुले नेपाली काँग्रेस जिल्ला कार्यसमितिकको ध्यानाकर्षण गराएका छन । हेलम्बुमा हाल रहँदै आएको बर्तमान गाउँपालिका प्रमुख (हालै राजिनामा दिएकाे) नेतृत्व परिवर्तन हुनुपर्ने स्पष्ट माग राख्दै नेपाली काँग्रेसका सातजना नेताहरुले जिल्ला कार्यसमितिलाइ सामुहिक रुपमा ध्यानाकर्षणपत्र बुझाएका हुन ।

बिद्यमान विभिन्न परिश्थितिलाइ आँकलन गर्दा आसन्न स्थानिय निर्वाचनमा गाउँपालिकाको अध्यक्ष पदको लागी निमा ग्याल्जेन शेर्पालाई दोहोराउने सम्भावनालाई अश्विकार गर्दै उनिहरूले नयाँ उमेदवार सिफारिस होस भन्ने अनुरोध गरेका छन ।

२०७४ सालको स्थानिय निर्वाचनमा हेलम्बु गाउँपालिकामा नेपाली काँग्रेसको शानदार बिजय हुनुको पछाडी पार्टीका अग्रज, क्रियासिल तथा जुझारु नेता कार्यकर्ताहरु एक ढिक्का रहेको उनिहरूकाे सामुहिक भनाई छ । साेहि कुराहरूलाई मध्यनजर गर्दै आसन्न २०७९ बैशाख ३० गते हुन गइरहेको स्थानिय निर्वाचन सम्म आइपुग्दा सोहि परिश्थिति नरहन गएको उनिहरूले बताए ।

साे अवस्थाकाे जानकारी गराउँदै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदको लागी उमेदवार चयन प्रकृयामा त्यहाँको गम्भिर परिश्थितिलाइ बुझी निर्णय गर्न जिल्ला कार्यसमिति लगायत पार्टिको बिभिन्न तह र संरचनाका प्रमुखहरुलाई हेलम्बुमा सृजित वर्तमान अवस्थाको बारेमा अवगत गराउनको लागी ध्यानाकर्षणपत्र बुझाएका हुन ।

“बिद्यमान परिश्थितिलाइ आँकलन गर्दा आसन्न स्थानिय निर्वाचनमा गाउँपालिकाको अध्यक्ष पदको लागी बर्तमान गाउँपालिकाको अध्यक्षलाइ दोहोराउने सम्भावनालाई अश्विकार गर्दै नयाँ उमेदवार सिफारिस होस भनि अनुरोध गर्दछौँ”, ध्यानाकर्षणपत्रमा भनिएकाे छ ।

हेलम्बुका जनताकाे बृहत्तर हित, पार्टी संगठनकाे एकता र आसन्न निर्वाचनकाे माहाेललाई विश्लेषण गर्दा उनिहरूकाे बुझाई र तर्क निम्न रहेका छन :

१, असन्तुलित बिकास निर्माण
हेलम्बुको मौलिकता झल्किने सुन्दर सांस्कृति वस्तीहरु र धार्मिक र पर्यटकीय सम्भावनाको स्थलहरुलाई पर्याप्त प्राथमिकता नदिएको र हेलम्बुका अधिकांश विद्यालयहरु पुनर्निर्माण पछि स्वास्थ्य क्षेत्रमा पर्याप्त दिर्घकालिन समाधानको लागी काम नभएको उनिहरूले ध्यानाकर्षणपत्रमा जनाएका छन । उक्त पत्रमा गाउँपालिकाको आफ्नै भवन नबनाएको, संघ र प्रदेश सरकारहरुबाट आएको बिभिन्न बिकास निर्माणका बजेटहरुलाइ कार्यान्वयन नगरेको र फिर्ता पठाएको कुराहरू समेत समेटिएकाे छ ।

२, पार्टि संगठनप्रति अनुत्तरदायी
दुई तिहाई भन्दा धेरै सामर्थ्यका साथ निर्वाचित भएको स्थानिय सरकारको अधिकांस समय हेलम्बु गा. पा. का अध्यक्षले त्यहाँका जनता, निर्वाचित वडा अध्यक्षहरु र पार्टि पङ्तिका नेतृत्व र साथीहरु प्रति हदै सम्मको अनुत्तरदायी र जवाफदेहिबिहिन भाव र ब्यबहार प्रकट गर्दै आएको र बिकास निर्माण कार्यक्रम र आयोजनाको कार्यान्वयनमा स्वेच्छाचारी तरिकाले अघि बढाएको समेत उल्लेख गरेका छन ।

३, स्वेच्छचारी नेतृत्वः
निर्वाचित प्रतिनिधि र पार्टी नेताहरूसँग व्यवहार गर्दा आत्मकेन्द्रित मनोवृत्ति र अहंकारको उच्च प्रदर्शन गरेको उनिहरूकाे ठहर छ । हालैको पालिका बैठकमा समेत प्रस्तावित उमेदवारहरुलाइ “मलाई तिमीहरुको भोट चाहिँदैन” भन्ने सम्मको चरम अभिब्यक्तिले निकै चिन्ताजनक र दुःखदायी परिस्थिति निर्माण भएको उनिहरूले बताएका छन । निर्वाचित भएको दिन देखि पार्टीको कुनै तह र तप्काका संगठन प्रमुख वा नेतृत्वसंग सहकार्य गर्ने कुनै मानसिकता नदेखिएको र आफ्नै साथीभाइसंग सत्रुताको चरम भाव र व्यवहारका कारण “एक व्यक्ति जित्ने तर पार्टीका साथीहरु हार्ने” खालको परिस्थिति नदोहोरियोस् भन्ने उनिहरुको सामुहिक चिन्तन रहेको पत्रमा उल्लेख छ ।

४. बाढीपिडित प्रति असंवेदनशीलता
बाढी प्रभावित जनताको पुनर्निर्माणको आवश्यकता र जिविकोपार्जनको पुनस्थापनामा चरम तहको असंवेदनशीलता देखिएको र वास्तविक पीडितलाई यथाशिग्र प्राथमिकता नदिएकोले जनस्तरबाटै चरम असन्तुष्टि देखिएको सोहि नेतृत्व दोहोराउँदा “अब हेलम्बु बासिन्दाले के पाउँछन?” भनेर बिश्वस्त हुन सक्ने अवस्था नभएको र निर्वाचन परिणाम पुन काँग्रेस अनुकुल बनाउन सक्ने कुरा प्रति उनिहरुले चिन्ता ब्यक्त गरेको पत्रमा उल्लेख छ । “हामी कुनै व्यक्तिको विरुद्धमा उभिन चाहँदैनौं तर नेतृत्वको सोँच र शैली प्रति हाम्रो विवेकलाई बन्धक बनाउन पनि सक्दैनौँ। लोकतन्त्रमा आवधिक निर्वाचनको मर्म पनि यहि हो र संघर्ष पनि यसैको लागि हो”, सामुहिक पत्रमा भनिएको छ ।

पार्टी नेतृत्वले सबैभन्दा उपयुक्त ठहरिएको जो कोहि उमेदवारलाइ पनि स्विकार गरि एक ढिक्का हुन तयार रहेको उनिहरूले बताएका छन । निवेदक सबैजना नेतृत्व लिनपनि तयार र उपयुक्त व्यक्तिलाइ साथ दिन पनि तयार रहेको उनिहरुको भनाइ छ ।

“हाम्राे पश्न र चिन्तन प्रति असंवेदनशील रहँदै आएको गाउँपालिका प्रमुखको नेतृत्व परिवर्तन हुनुपर्ने माग स्पष्ट राख्न चाहन्छौँ “ निवेदकले पत्रमा लेखेका छन ।

निवेदक एवं प्रस्तावित गाउँपालिकाको अध्यक्षको उमेदवारहरु निम्न रहेका छन
१. जिमी लामाः महाधिबेशन प्रतिनिधि, हेलम्बु १
२. छिरिङ लामाः पुर्व महासमितिको सदस्य, हेलम्बु १
३. पासाङ लामाः पुर्व गा. वि. स. अध्यक्ष (काँग्रेस बाट निर्वाचित), हेलम्बु १
४. हरि कुमार शर्माः पुर्व महासमितिको सदस्य र भुपु केन्द्रिय उपाध्यक्ष, नेपाल शिक्षक संघ, हेलम्बु ४
५. हर्क बहादुर तामाङ्गः वडा अध्यक्ष तथा पुर्व क्षेत्रिय सचिव तथा क्षेत्रिय प्रतिनिधि, हेलम्बु ५
६. छिरिङ्ग लामाः वडा अध्यक्ष तथा निर्वाचित जिल्ला सदस्य, पुर्व महासमितिको सदस्य, हेलम्बु ३
७. सन्चा तामाङ: पुर्व जिल्ला सदस्य , पुर्व क्षेत्रिय सचिव तथा पुर्व जिल्ला अनुशासन समितिको सदस्य, हेलम्बु ५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!