चौतारा । त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले एमाले पार्टी त्याग गरेको घाोषणा गरेका छन् ।

गत स्थानीय तहको चुनावमा एमालेबाट त्रिपुरासुन्दरी गाउँपालिकाबाट अध्यक्षमा निर्वाचित अध्यक्ष श्रेष्ठले पुनः आउँदो स्थानीय तहको चुनावमा उम्मेदवारीको तयारी गरेका थिए । तर आफूले पाईसकेको टिकट नदिन विभिन्न आरोप लगाएर पार्टी भित्रै षड्यन्त्र गरिएको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत एमालेसंगको सम्बन्ध विच्छेद भएको घोषणा गरेका हुन ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत साे कुरा सार्वजनिक गरेका हुन् । “नेकपा एमालेमा २०५१ सालबाट सक्रिय राजनीति सुरु गरेर आज आईपुग्दा म गाउँ पालिका अध्यक्ष सम्म भएँ । म यो पार्टीको काम र अध्यक्ष रहँदा निष्ठा पुर्वक जनताको काम गरेको थिएँ तर कही दिनभित्र हुने स्थानीय तहको निर्वाचनको मनोनयन दर्ताको लागि मेरो उम्मेदवारी दावी थियो”, श्रेष्ठले फेसबुकमा लेखेका छन ।

टिकटको निष्चित भएपछि षड्यन्त्र पूर्वक झुट तरिकाले आरोप लगाई टिकट खोसिएकोले एमाले परित्यागकाे घाेषणा गरेकाे उनले बताए ।

“आजै देखि नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशन सदस्य, प्रदेश कमिटि सदस्य तथा संगठित सदस्यबाट समेत राजिनामा गर्दै २८ बर्षको सम्बन्ध विच्छेद भएको घोषणा गर्दछु “, श्रेष्ठले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!