
इन्द्रावति गाउँपालिकामा फ्रि वाईफाईकाे सेवा सुरू भएकाे छ । इन्द्रावति गाउँपालिकाकाे मुख्य केन्द्र रहेको नवलपुरमा आजबाट फ्रि वाईफाईकाे सेवा सुरू भएकाे हाे ।
नवलपुर बजार आसपासमा अब स्थानियले फ्रि वाईफाईकाे सुविधा लिन सक्ने गाउँपालिकाका सुचना प्रविधि अधिकृत मनाेज दंगालले बताए । इन्द्रावति गाउँपालिकाकाे पञ्चबर्षिय याेजना अनुरूप फ्रि वाईफाई जडान गरिएकाे उनले जानकारि दिए ।
मानिसको भीडभाड हुने चोक, अस्पताल, बैंक, सरकारी तथा गैरसरकारी संस्था लगायतका स्थानमा सेवा लिन आउनेहरूकाे लागि फ्रि वाईफाई सेवा प्रभावकारि हुने गाउँपालिकाले जनाएकाे छ ।