बाह्रबिसे । त्रिपुरासुन्दरी गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष भुपेन्द्र श्रेष्ठ कांग्रेस प्रवेश गरेका छन । आज बाह्रबिसेमा भएको एक कार्यक्रममा श्रेष्ठ कांग्रेस प्रवेश गरेका हुन् ।

उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य माेहन बहादुर बस्नेतले पार्टी प्रवेश गराएका हुन । २०७४ को स्थानीय चुनावमा उनी एमालेबाट त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए ।

आज बिहान उनले लामो समयदेखि क्रियाशील रहेको नेकपा एमालेको सदस्यता नै नरहने गरि पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

गत स्थानीय तहको चुनावमा एमालेबाट त्रिपुरासुन्दरी गाउँपालिकाबाट अध्यक्षमा निर्वाचित अध्यक्ष श्रेष्ठले पुनः आउँदो स्थानीय तहको चुनावमा उम्मेदवारीको तयारी गरेका थिए । तर आफूले पाईसकेको टिकट नदिन विभिन्न आरोप लगाएर पार्टी भित्रै षड्यन्त्र गरिएको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत एमालेसंगको सम्बन्ध विच्छेद भएको घोषणा गरेका थिए ।

नेकपा एमालेमा २०५१ सालबाट सक्रिय राजनीति सुरु गरेका श्रेष्ठले टिकटको निष्चित भएपछि षड्यन्त्र पूर्वक झुट तरिकाले आरोप लगाई टिकट खोसिएकोले एमाले परित्यागकाे घाेषणा गरेकाे बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!