मेलम्ची । स्थानीय तहको निर्वाचनको लागि पाँचपोखरी थाङ्पाल गाउँपालीकाको वडाहरुमा नेकपा एमालेले उम्मेदवारहरु टुङ्गाएको छ ।

सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर २ का सांसद तथा पुर्वमन्त्रि शेर बहादुर तामाङले आधीकारीक फेसबुकबाट साे जानकारी गराएका हुन । नेकपा एमालेको बलीयो आधार क्षेत्र मानीएको पाँचपोखरीमा एमालेले उम्मेदवारहरु टुङ्गाएको जनाएको छ ।

यसअघी बहुमतका साथ विजयी भएको एमाले आफ्नो विरासत जोगाउने दाउमा रहेको छ । वडा अध्यक्षको लागि निर्णय भएका नामावलीहरु देहाय बमोजिम रहेको छ ।

नेकपा एमालेले पाँचपोखरीको वडा नम्बर १ मा आलोक कुमार स्याङबो, वडा नम्बर २ मा ग्याल्बो साम्देन तामाङ, वडा नम्बर ३ मा ङिमा छिरिङ तामाङ, वडा नम्बर ४ मा रामकुमार बस्नेत, वडा नम्बर ५ मा काले गोले, वडा नम्बर ६ मा नारायण भट्टराई, वडा नम्बर ७ मा सुके तामाङ र वडा नम्बर ८ मा विष्णुबहादुर खड्कालाई वडा अध्यक्ष पदको लागी एमालेले अघि सारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!