नवलपुर । नेपाली कांग्रेस सिन्धुपाल्चोकका युवा नेता अण बहादुर तामाङ ईन्द्रावती–५ को वडा अध्यक्षमा सिफारीस भएका छन् ।

लामो समयदेखि पार्टी र उद्योगी तथा व्यवसायीको क्षेत्रको राजनीतिमा क्रियाशील रहेका तामाङ वैशाख ३० गतेकाे लागि तोकिएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा सिफारीस भएका हुन् । तरुण दल सिन्धुपाल्चोकमा रहेर लामो समय काम गरेका तामाङ युवाको माझमा लोकप्रिय नेताको रुपमा चिनीएका छन् ।

नेपाल तरुण दलको क्षेत्रीय उपाध्यक्षको भुमीकामा रहेर तरुण दलको आन्तरीक रुपमा संगठन बलीयो बनाउन महत्वपुर्ण भुमीका खेलेका तामाङलाई यसपटक वडा अध्यक्षको लागी सिफारीस गरीएको नेपाली कांग्रेसले जनाएको छ । यस्तै तामाङले लोकतान्त्रीक खेलकुद संघको बाग्मती प्रदेश सदस्यको भुमीकामा रहि काम गरेर अनुभव बटुलीसकेका छन् ।

तामाङले भनेका छन् “गाउँको ठुला सपना छैन, न पानीजहाज चाहिएको छ, न रेल चाहिएको छ, समृद्ध गाउँको आधार हरेक परिवारको आर्थिक आत्मनिर्भरता हो । मेरो सपना नै गाउँको हरेक परिवारको आर्थिक अवस्था बलियो बनाउनु हो” । गाँउमा आफ्नो जनाधार बलीयो रहेको र वडा नम्बर ५ वासिको माग अनुसार नै आफुले वडा अध्यक्ष पदमा रहेर काम गर्नेे तामाङले बताएका छन् ।

तामाङले आफ्नो सामाजिक क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भइसकेका छन् । तामाङले कोरोना महामारीको समयमा वडा तहमै खटेर कार्य गरेको र स्थानीय युवा र पाकाहरुको मन जीतीसकेका छन् ।

ईन्द्रावती ५ मा मुख्यत : कांग्रेस, एमाले र माओवादी केन्द्र बिचमै कडा प्रतिस्पर्धा देखिन्छ । २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले वडा अध्यक्षमा जित हात पारे पनि ४ जना सदस्य एमालेले जित्न सफल भएको थियोे । यसपटक भने वडाका सबै पदाधीकारी जित्ने तामाङले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!