मेलम्ची । स्थानीय तहको निर्वाचनको लागि मेलम्ची नगरपालीकाको ११ वडाहरुमा नेकपा एमालेले उम्मेदवारहरु टुङ्गाएको छ । सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर २ का सांसद तथा पुर्वमन्त्रि शेर बहादुर तामाङले आधीकारीक फेसबुकबाट साे कुराकाे जानकारी गराएका हुन ।

यसअघी बहुमतका साथ विजयी भएको एमाले आफ्नो विरासत जोगाउने दाउमा रहेको छ । तर एमालेका सक्रिय नेता तथा कार्यकर्ताहरु नेकपा एकीकृत समाजवादीमा सामेल भएका कारण एमालेलाई यसपटक विरासत जोगाउन सकस पर्ने देखीएको छ ।

स्थानीय तहको निर्वाचनको लागि मेलम्ची नगरपालिका अन्तरगतका वडाहरुमा वडा अध्यक्षको लागि निर्णय भएका नामावलीहरु देहाय बमोजिम रहेको छ :

वडा नम्बर १ मा कृष्ण मुरारी चौलगाई, वडा नम्बर २ मा नगेन्द्र खतिवडा, वडा नम्बर ३ मा कुमार बन्जारा, वडा नम्बर ४ मा कुमार तामाङ, वडा नम्बर ६ मा जितराज थापा, वडा नम्बर ७ मा पासाङ तामाङ, वडा नम्बर ८ मा ठंकराज गिरी, वडा नम्बर ९ मा ठाकुरनाथ कुईकेल, वडा नम्बर ११ मा चन्द्र बहादुर तामाङ, वडा नम्बर १२ मा चिरन पराजुली र वडा नम्बर १३ मा श्रीराम घोरासैनीलाई वडा अध्यक्ष पदको लागी उम्मेदवार बनाएको छ । मेलम्ची नगरपालीकाको वडा नम्बर ५ र १० मा भने उम्मेदवार टुङ्याउन बाँकी रहेको एमालेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!