
चाैतारा । स्थानीय तहको निर्वाचनको लागि चाैतारा साँगाचाेकगढी नगरपालीकाको १३ वडाहरुमा नेकपा एमालेले उम्मेदवारहरु टुङ्गाएको छ ।
सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर २ का सांसद तथा पुर्वमन्त्रि शेर बहादुर तामाङले आधीकारीक फेसबुकबाट साे कुराकाे जानकारी गराएका हुन । १४ नम्वर वडाकाे उमेदवार भने टुङ्गाउन बाँकी रहेकाे छ ।
स्थानीय तहको निर्वाचनको लागि चाैतारा साँगाचाेकगढी नगरपालीका अन्तर्गतका वडाहरुमा वडा अध्यक्षको लागि निर्णय भएका नामावलीहरु देहाय बमोजिम रहेको छ :
वडा नं. १ सानुकान्छा श्रेष्ठ, २ सुदिप श्रेष्ठ, ३. टेक बहादुर तामाङ, ४. राजु श्रेष्ठ, ५. शिब श्रेष्ठ, ६. श्री बहादुर बस्नेत, ७. महेष धिताल, ८. भिम बहादुर श्रेष्ठ, ९. आईटन तामाङ, १०. झम्क महत, ११. सुदनराज गिरी, १२. राधाकृष्ण गिरी, १३. शुक्रराज प्याकुरेललाई वडा अध्यक्ष पदको लागी एमालेले अघि सारेको छ ।