काठमाण्डाै । खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई मेलम्चीको पानी पिउन आग्रह गरेका छन्।

एक कार्यक्रमका बीच काठमाडौंमा मेलम्चीको पानी वितरणको शुभारम्भ गर्दै मन्त्री चौधरीले प्रतिपक्षी दलका अध्यक्ष ओलीले मेलम्चीबारे झुठो र कपोकल्पित कुरा गरेको आरोप लगाएका हुन्।

“म त यहि धर्तीकाे पानी खान्छु सायद उहाँ बिदेशी पानी खानुहुन्छ कि के गर्नुहुन्छ मलाई थाहा छैन तर याे पानी शुद्व छ, याे पानी पिउन म ओली जी लाई आग्रह गर्छु”, मन्त्री चाैधरीले भने “याे पानी पिउनुस बिदेशी बाेटलकाे पानी भन्दा मेलम्चीकाे पानी शुद्व छ”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!