नवलपुर । इन्द्रावती गाउँपालिका वडा नं ९ का बिष्णु मैनाली नेपाली कांग्रेस परित्याग गरि राप्रपामा प्रवेश गरेका छन । नेपाली कांग्रेसका कृयासिल सदस्य तथा ५४ सालकाे गाविस उपाध्यक्ष समेत रहेका मैनाली कांग्रेस छाडी राप्रपा प्रवेश गरेका हुन ।

राप्रपा इन्द्रावती गाउँपालिकाकाे पार्टी कार्यालय उद्वाटनकाे अवसरमा हिजाे उनी राप्रपा प्रवेश गरेका हुन । उनलाइ राप्रपाका केन्द्रीय सदस्य दइन्द्र बहादुर ठकुरीले पार्टी प्रवेश गराएका हुन । उनी नेपाली कांग्रेसकाे बहराइन प्रवासकाे केन्द्रीय सदस्य समेत थिए ।

कांग्रेसले आफ्नाे कार्यकर्ता बिर्सिएर अन्यपार्टी संग मिलेकाे उनले आराेप लगाए । नेपाली कांग्रेस जस्ताे पुरानाे पार्टी लाई कांग्रेसले कुल्चिएकाे र अन्य साना पार्टी संग तालमेल गरेकाे कारण देखाउँदै उनले पार्टी छाडेकाे घाेषणा गरेका हुन ।

“राष्ट्रकाे हित, भ्रष्टाचार नियन्त्रण र बेराेजगारीकाे समस्या हल गर्नकाे लागि राप्रपा सक्षम रहेकाे मेराे बिचारले स्विकारेकाेले म राप्रपा प्रवेश गरेकाे हुँ”, उनले भने ।

उनकाे नेतृत्वमा कांग्रेस, एमाले लगायतका विभिन्न पार्टी परित्याग गरि सयाैँकाे संख्यामा राप्रपा प्रवेश गरेकाे उनले बताए । उनले साे पार्टी प्रवेशकाे अवसरमा प्रवेश गराएका ब्यक्तिहरूकाे नामावली समेत बाचन गरेका थिए ।

बिष्णु मैनाली, जनक मैनाली, सन्ताेष मैनाली, किशाेर बिद्याधर, कृष्ण प्रसाद श्रेष्ठ, सुदर्सन तामाङ, सुरेन्द्र मैनाली, मालु तामाङ, प्रेम तामाङ, चन्द्र बहादुर तामाङ, कृष्ण मगर, शान्ति माझी, हरि बहादुर दनुवार, चिन बहादुर तामाङ, उर्मीला दनुवार, सुन्तली माझी, हरि कृष्ण श्रेष्ठ, आसा मैनाली, राजु अधिकारी, कृष्ण बहादुर दनुवार, केदार माझी, पातली तामाङ, नारन तामाङ, उदय तामाङ, काली मिजार, अर्जुन नेपाली, राम कुमार नेपाली, सानुकाजी दनुवार, कृष्ण कुमार श्रेष्ठ, चालुमान तामाङ, सानू मंगले तामाङ, ठुलिमाया तामाङ, मान बहादुर तामाङ, नरेश ढुंगाना, प्रेम भट्टराई, बिकास मैनाली, उद्वव कुमार मैनाली, श्री बहादुर मैनाली, तेज बहादुर मैनाली, गणेश मैनाली, राजकुमार मैनाली, सुन्तली बस्नेत, उदय जाेगी लगायत ३०० जना विभिन्न दिनमा गरि राप्रपा प्रवेश गरेकाे बिष्णु मैनालीले जानकारि दिए ।

पार्टी प्रवेश कार्यक्रममा प्रदेश प्रमूख बाबुराम खड्का, राप्रपा ईन्द्रावती गाँउपालिकाका अध्यक्ष बिजेश हिमालय, पार्टिका वडा अध्यक्षहरू लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!