भाेटेकाेशी । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा माओवादीबाट उपाध्यक्ष जितेकी दावुटी शेर्पा र गाउँ पार्टी ईन्चार्ज आङछिरी शेर्पासहित ५० जना स्थानीय नेताले पार्टी परित्याग गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकाे बागमती प्रदेश अध्यक्षसमक्ष उनीहरुले विज्ञप्तिमार्फत् सामूहिक राजीनामा घोषणा गरेका हुन् ।

पार्टीमा दलालीकरण बढेको र आर्थिक चलखेलका कारण इमानदार कार्यकर्तालाई पाखा लगाउन खोजिएको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् । पार्टीमा व्यक्तिवादी प्रवृत्ति हाबी भएकोप्रति गुनासो गर्दै पार्टी छाडेको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!