इन्द्रावती । इन्द्रावती १० मा राष्ट्रिय प्रजातन्त्र पार्टी बाट शिव राम नेपालले वडा अध्यक्षमा उमेदवारी दर्ता गराएका छन । नेकपा एमालेका नेता झम्क नेपालको वडा बाट राप्रपाले सुरुमा उम्मेदवारी दर्ता गराएकाे हाे ।

दलिय भागबन्डा र कुर्सीकाे लडाइले पार्टी मात्र नभइ मुलुक नै असफल भएकाे नेपालले बताए । मुलुक बचाउनकाे लागी राप्रपाकाे माहाेल इन्द्रावती लगायत देशैभर राम्राे भएकाे उनले बताए ।

राप्रपा हिजाे इन्द्रावतीमा बाजागाजा सहित उमेदवारी दर्ता गर्न उपस्थित भएकाे थियाे । राप्रपाका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष साथै १२ वटै वडाकाे वडा अध्यक्षहरूले उमेदवारी दर्ता गराएका छन ।

शिक्षा र स्वास्थ्य निशुल्क गर्ने राप्रपाकाे मुख्य एजेण्डा रहेकाे राप्रपाका केन्द्रीय सदस्य दइन्द्र बहादुर ठकुरिले जानकारी दिए ।

यस्तै राप्रपाका इन्द्रावती गाउँपालिका अध्यक्ष रहेका बिजेश हिमालयले इन्द्रावती ४ बाट वडा अध्यक्षमा उमेदवारी दर्ता गराएका छन । राप्रपाकाे माहाेल इन्द्रावतीमा राम्राे भएकाे उनकाे दावि रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!