चाैतारा । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा २ हजार २५ जना उम्मेदवारले विभिन्न पदमा मनोनयन दर्ता गराएका छन् ।

हिजो र अस्ति २ दिन भएकाे मनाेनयन दर्ताकाे अाधारमा उम्मेदवारकाे नामहरू सार्वजनिक भएका हुन । १३ गते दिउसो १२ः३० सम्म अनलाइन प्रणालीमा समावेश भएको तथ्याङ्क अनुसार सिन्धुपाल्चोकको ३ वटा नगरपालिकामा २५ जनाले प्रमुख पदको लागि र १८ जनाले उपप्रमुख पदमा उम्मेद्वारी दिएका छन् ।

९ वटा गाउँपालिकामा कुल ७१ जनाले अध्यक्ष र ५१ जनाले उपाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएकाे निर्वाचन आयाेगले जनाएकाे छ । जिल्लाका सबै १ सय ३ वटै वडामा गरी कुद ४ सय ८४ जनाले वडाध्यक्ष पदमा, ३ सय ४३ जनाले महिला सदस्य पदमा, ३ सय ५ जनाले दलित महिला सदस्य पदमा र ७ सय २८ जनाले खुला सदस्य पदमा उम्मेद्वारी दर्ता गराएका निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!