नवलपुर । स्थानिय तहकाे निर्वाचनमा हेविवेटका नेताहरूले पनि आकांशा राख्दै उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसको निवर्तमान सभापति बिकास लामाले ईन्द्रावति गांउपालिका अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

अघिल्लो पटक अर्थात २०७४ काे स्थानीय निर्वाचनमा लामाले आफ्नाे घर्मपत्नि मिरा अधिकारी लामालाई उपप्रमुखमा जिताएका थिए । ईन्द्रावति गाउँपालिकाकाे प्रथम निर्वाचित लामाकाे असामयिक निधन भएपस्चात उनकाे बांकि सपना र याेजना पूरा गर्नका पनि पनि आफुले उम्मेदवारि दिएकाे लामाले बताएका छन् ।

जनताकाे चाहना र साथीहरूको प्रेसरको कारण काम गर्ने क्षमता माथी जनताको बिश्वास र भरोसा कै कारण आफू पालिका प्रमुखको लागि उपयुक्त रहेको भन्दै गाउँपालिका प्रमुखमा आफुले उम्मेदवारी दिएको उनले बताए । साथै यसै गाउँपालिकाकाे उपाध्यक्ष एवम् लामाकाे धर्मपत्नी स्वर्गीय मिरा अधिकारी लामाको अधुरो रहेको ड्रीम प्रोजेक्टहरु पूरा गर्नका निमित्त पनि आफू पालिकाको उम्मेदवार भएको उनले जानकारी दिए ।

२०७४ काे निर्वाचनमा नेकपा एमालेका तत्कालीन जिल्ला अध्यक्ष झम्क नेपाललाई पराजित गराउँदै नेपाली कांग्रेसका बंशलाल तामाङ निर्वाचित भएका थिए । यस पटक पनि एमालेका पुर्व जिल्ला अध्यक्ष नेपाल र नेपाली कांग्रेसका निवर्तमान सभापति बिकास लामाविचकाे प्रतिस्पर्धा राेचक हुने आंकलन गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!