मेलम्ची । चुनावकाे मुखैमा विभिन्न पार्टी परित्याग गरि आज आधा दर्जन बढी ब्यक्तिहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन । विभिन्न पार्टी परित्याग गरि मेलम्ची नगरपालिकाका ब्यक्तिहरू नेपाली कांग्रेस प्रवेश गरेका हुन ।

आज एक कार्यक्रमका बिच नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र न: २ का सभापति तथा मेलम्ची नगरपालिकाकाे मेयर पदका उमेदवार आईतमान तामाङले उनिहरूलाई नेपाली कांग्रेसमा प्रवेश गराएका हुन ।

प्रवेश गर्नेहरूमा पदम तिवारी राप्रपा बाट, अनिल लामा मेलम्ची ५ नेकपा एमाले बाट, मीन बहादुर भट्टराई नेकपा माओवादी बाट, खुल बहादुर भट्टराई नेकपा माओवादी बाट र रहर सिंह लामा राप्रपा बाट लगायत रहेका छन ।

उक्त कार्यक्रममा तामाङले मेलम्ची नगरपालिकामा नेपाली कांग्रेस प्रति धेरै ब्यक्तिहरूकाे आकर्षण बढेकाे बताए । हरेक बिपद् तथा भैपरी आउँदा नेपाली कांग्रेस जनताकाे साथमा रहेकाेले कांग्रेसप्रति धेरैकाे आकर्षण बढेकाे उनले बताए ।

मेलम्चीकाे मेयर पदमा उमेदवारी दर्ता गरेकाे भाेलिपल्टै नेपाली कांग्रेस प्रवेश गर्नेकाे लर्काे रहेकाेले नेपाली कांग्रेसकाे जित सुनिस्चित रहेकाे तामाङकाे भनाई थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!