हेलम्बु । हेलम्बु गाउँपालिकाकाे अधयक्षमा नेपाली कांग्रेसका नेता निमा ग्याल्जेन शेर्पाले बिजय हाँसिल गरेपश्चातका स्वास्थ्य क्षेत्रमा हेलम्बु अब्बल देखिएकाे छ । दीर्घ रोगीहरुलाई निशुल्क औषधी देखि घरघरमा स्वास्थ्य जाँच सम्मका कामहरू हेलम्बु गाउँपालिकाले गरेकाे छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा नेपाली कांग्रेसक‍ो तर्फबाट उम्मेदवार भएका निमा ग्याल्जेन शेर्पा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

नेपाली काग्रेसले हेलम्बुमा जितेर के गर्याे ?? हेर्नुहाेस यी १० काम :

१. दीर्घ रोगीको हकमा ७ सय ५३ वटै स्थानीय तहमध्ये पहिलो पटक दीर्घ रोगीहरुको पहिचान गरि निशुल्क औषधीको ब्यवस्था । जसले हजारौ दीर्घ रोगीहरु लाभान्वित भएको ।

२. दीर्घ रोगीहरुलाइ उनीहरुको रोग अनुसार निरन्तर घर घरमै पुगेर औषधी वितरण गर्ने गरेको ।

३. कोभिडको समयमा २ वटा चिकित्सकको गाउँपालिकाले ब्यवस्था गरि घर घरमै पुगी स्वास्थ्य जाँचको ब्यवस्था गरेको । ७ वटै वडामा पुगी आवश्यक परामर्श र कोरोनाबाट जोगिने उपायको बारेमा चिकित्सक सहित जनप्रतिनिधिहरु पुगी महामारीबाट बच्न र बचाउन भूमिका खेलेको

४. हेलम्बु प्रवेश गर्ने वडा न ४ स्थित तालामाराङमा ज्वरो नाप्ने थर्मल गन सहित स्वास्थ्यकर्मीको टोली राखी कोरोनाबाट बच्नका लागि भूमिका खेलेको ।

५. मेलम्ची बाढी पछि गाउँपालिकाकै पहलमा कोरोनाबाट बच्न सबैलाइ खोपको लागि केन्द्र सरकारसँग पहल गरेको । देउवा नेतृत्वमा सरकार बनेपछि हेलम्बुमा १८ बर्ष पूरा भएका सबैलाइ खोपको ब्यवस्था गरेकाे ।

६. अक्सिजन सिलिण्डर सहित अस्थायी कोभिड अस्पताल निर्माण गरेको

७. सातवटै वडामा आइसोलेशन सेन्टर स्थापना गरि कोरोनाबाट बच्न र रोकथाम गर्न ३ सय जना राख्न सकिने ब्यवस्था गरेको । त्यो बेलाको कठिन समयमा कोरोना रोकथाममा अरु गाउँपालिका भन्दा एक स्टेप अगाडी बढेर प्रभावकारी भूमिका खेलेको ।

८. किशोरीहरुलाइ निशुल्क सेनेटरी प्याडको ब्यवस्था गरेको

९. महिला स्वंयसेवीहरुलाइ थप प्रोत्साहन भत्ताको ब्यवस्था गरेको ।

१०. हेलम्बुमा ९८ प्रतिशत जनताले कोरोना विरुद्को अतिरिक्त डाेज खोप लगाइसकेको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!