
मेलम्ची । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा मेलम्ची नगरपालिका वडा नम्बर ८ मा नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्ष पदका लागी उम्मेदवारी दिएका जित बहादुर तामाङले योजना रणनिती तथा प्रतिबद्धता सार्वजनिक गरेका छन ।
वडामा बिकाश प्रेमी नेताको रुपमा पहिचान बनाएका उम्मेद्वार तामाङले आफूलाई वडाध्यक्षमा बिजयी गराएमा स्वास्थ्य चौकीमा निःशुल्क एम्बुलेन्सको व्यवस्थापन गर्ने, शैक्षिक गुणस्तरको सुधार र आधारभुत तह सम्म अङ्ग्रेजी माध्यमबाट पठन पाठन गराउने, दिर्घरोगीहरू लाई आपतकालीन सहयोगको लागि कोष खडा गर्ने लगायतका १७ योजना रणनिती तथा प्रतिबद्धता ब्यक्त गरेका छन ।
यस्ता छन उनकाे योजना रणनिती तथा प्रतिबद्धता :-
१. तीतेको देवी मन्दिरको अनुसन्धान, महत्व र विशेषता पत्ता लगाई सामाजिक मुल्य र मान्यतामा रहि मन्दिर निर्माण र गुठीको उचित व्यवस्थापन गरी धार्मिक स्थलको रूपमा विकास गर्ने र आन्तरिक पर्यटनको प्रर्वद्धन गर्ने ।
२. हिन्दु धर्मावलम्बीहरूको एक मात्र दाहा संस्कार स्थल सरे खोला किनारालाईं उचित व्यवस्थापन गर्दै आवत जावत गर्ने बाटोलाई व्यवस्थित र मोटर बाटो छुवाउन पहल गर्ने ।
३. वडाको केन्द्रमा सामुहिक छलफल र परामर्शबाट सार्वजनिक जग्गा रहेको स्थानमा मन्दिर स्थापना गर्ने, गुठी, सार्वजानिक, खोला, खहरे, ठुला पाखो चरानी सबैको न्यायोचित अनुसन्धान गरी वडाको आम्दानीको स्रोत बढाउने ।
४. दिर्घरोगीहरू जस्तैः मुटु, किड्नी, क्यान्सर जस्ता रोगीहरूलाई आपतकालीन सहयोगको लागि कोष खडा गर्ने ।
५. स्वास्थ्य चौकीमा निःशुल्क एम्बुलेन्सको व्यवस्थापन गर्ने ।
६. वडामा रहेको एक मात्र माध्यमिक विद्यालयमा हाल सम्म शैक्षिक स्तर कमजोर भएको हुनाले शैक्षिक गुणस्तरको सुधार र आधारभुत तह सम्म अङ्ग्रेजी माध्यमबाट पठन पाठन गराउने ।
७.विभिन्न सिपमुलक तालिम तथा स्वरोजगारको लागि प्रोत्साहन गर्ने गराउने ।
८.पुश सेवा केन्द्रको निर्माण र पशुपन्छिको बिमा अनिवार्य गर्न पहल गर्ने ।
९. दाउचेत, क्यौरानी, लाभगाउँ ककनी मोटरबाटो पाँच वर्ष भित्र कालोपत्रे गर्नको लागि सम्बन्धित निकायमा पहल गर्ने ।
१०. खानेपानी एक घर एक धारा निर्माण गरिने । खेलकुद मैदान निर्माण गर्ने ।
११. हरेक खेती योग्य जमिनमा सिंचाईंको व्यवस्था गरी उन्नत जातको विउ विजन उपलब्ध गरी आधुनिक कृषिको प्रर्वद्धन गर्ने ।
१२. बृद्ध बृद्धाहरूलाई आवश्यकता अनुसारको सुबिधा उपलब्ध गराईने ।
१३. किसानहरूले उत्पादन गरेको बस्तुलाई बजार व्यवस्थापन गर्नको लागि सहजिकरण गर्ने ।
१४. गरिब तथा जेहेन्दार विद्यार्थिहलाई निःशुल्क छात्रावृत्ति प्रदान गर्ने ।
१५. विद्युत्तको काठको पोलहरू मुक्त गरी फलामको पोलहरू व्यवस्था गर्ने ।
१६. सम्पूर्ण योजनाहरूको कार्य सम्पन्न पश्चात सार्वजानिक सुनुवाई अनिवार्य गर्ने गराउने ।
१७. भ्रष्ट्राचार मुक्त वडा बनाउने ।
वडामा अध्यक्षमा जित बहादुर तामाङको साथमा सदस्यहरु मंगले तामाङ, इन्द्र बहादुर गिरी, सिता ज्योती र सुकुमाया ज्योती रहेका छन ।