नवलपुर । नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता नेत्र बहादुर बानियाँले ईन्द्रावती गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् ।

हालै सम्पन्न भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट उनी वडा नम्बर ३ को उपसभापति पदमा चयन भएका हुन । लामो समयदेखि नेपाली कांग्रेस पार्टीमा रहेर सक्रिय रूपमा राजनीतिमा क्रियाशील रहेका बानियाँले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

यस्ता छन् उनका ७ प्रतीबद्धता :
१, सरल र सहज ढङ्गबाट प्रदार्न सेवा प्रवाह गर्न ।
२, कृषि पेसा लाई ब्यबसायीक बनाउन, अनुदान,उत्पादनमा प्रोत्साहन गर्न ।
३, उत्पादित बस्तुको ब्यबस्थित बजारीकरण गर्न ।
४, स्वास्थ्यमा सर्वसाधारणको सर्वसुलभ पँहुच पु¥याउन ।
५, सामुदायीक विद्यालयको शिक्षामा सुधार गर्न ।
६, शुद्ध खानेपानीको ब्यबस्था सहित एक घर–एक धारा बनाउन ।
७, स्थानिय पूर्वाधार बिकासमा उच्च प्राथमिकता दीन ।
८, सबै धार्मिक स्थलको संरक्षण र अन्तरीक पर्यटन प्रबर्द्धन गर्न ।
९, सिपमुलक तथा आय–आर्जन मुलक तालिम तथा कार्यक्रमको ब्यबस्था गर्न ।
१०, सुशासनको प्रत्याभूति सहित पारदर्शीता र जवाफदेहीताको लागी ।

यस अघि पनि नेपाली कांग्रेस सिन्धुपाल्चोकको विभिन्न पदमा रहेर लामो समय काम गरेका बानियाँ नागरिकको माझमा लोकप्रिय नेताको रुपमा चिनीएको नाम पनि हो । लामो समयदेखि वडामा क्रियासिल भुमीकामा रहेर बानियाँले पार्टीको आन्तरीक रुपमा संगठन बलीयो बनाउन महत्वपुर्ण भुमीका खेलेका छन् ।

यस्तै पार्टीलाई संकट परेको र संगठन कमजोर हुंदा पनि वडा तहमा रहेर संगठन बलियो बनाउन उनी अहोरात्र खटिरहेका छन् । उनले वडाका नागरिकलाई पर्ने हर समस्यामा नागरिकको साथमा रहेर काम गरिरहेका छन ।
११ औं महाधिवेशन पस्चात पार्टिमा आबद्ध रहि लामो समय पार्टीको लागि काम गरेकाले यसपटकको निर्वाचनको लागि वडा अध्यक्ष पदमा दावेदारी गरेका हुन् ।

जनतामाँझ लोकप्रिय रहेका बानियाँ अरू पार्टीले उठाएका उम्मेदवारभन्दा बलियो उम्मेदवार हुन् । उनलाई हालका वडा अभ्यक्ष, वडा सभापती तथा युवा नेता कपील बानींया लगाएतले सहयोग गरीरहेको छ ।

बानियाँले आफ्नो सामाजिक क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भइसकेका छन् । भुकम्प, कोरोना जस्ता विपत्तिमा सक्रिय रूपमा काम गरेका बानियाँले आफू वडामा निर्वाचित भएमा वडा तहमा रहेको आम नागरिकको समस्यालाई केन्द्रविन्दुमा राखेर काम गर्ने बताएका छन् ।
पार्टीको निर्वाचन परिचालन समितिमा बसेर काम गरिसकेको अनुभव समेत बानियाले बटुलिसकेका छन । कुञ्चोकको नेपाल तरूण दल अध्यक्ष र सेतिदेवि प्राविको विव्यास अध्यक्षको समेत जिम्मेवारी उनले सम्हालेका छन ।

जनताको समस्या समाधानमा सधै तत्पर रहेको उनले बताए । ‘म संग बलियो जनाधार छ, युवा नेतृत्व आएमा समाजमा परिवर्तन आउँछ’, उनले भने ‘भैपरि आउने समस्यामा संधै वडाबासी संगै रहनेछु’ । वडा अध्यक्षमा निर्वाचित भएमा सिंहमतिलाई +२ बनाउने, आय आर्जन र जिविकोपार्जनमा काम गर्ने लगायतका कुराहरू उनले अघि सारेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!