
नवलपुर । आसन्न स्थानीय तहको निर्वाचनमा इन्द्रावती गाउँपालिकामा नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा झम्क नेपालले उम्मेदवारी दिएका छन् । लामो समयदेखि नेकपा एमालेमा सक्रिय राजनीति गर्दै आइरहेका नेपालले यो पटक पुनः अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
इन्द्रावती गाउँपालिकाबासी लाई सुखी बनाउने लक्ष्यका साथी उनले उमेदवारी दिएकाे बताएका छन । इन्द्रावतीका हरेक युवाहरूलाई रोजगारीको सिर्जना गर्ने समेत उनले बताएका छन । ‘इन्द्रावतीका हरेक युवालाई रोजगारीको सिर्जना गर्छौ । गफले हैन कामले गर्छौ’,उनले भने ।
‘जति जति बेला नेकपा एमालेले देशको नेतृत्व गर्छ त्यति बेला पूर्वाधारको विकासका लागि, सामाजिक न्यायका लागि, सुशासनका लागि, भ्रष्टाचार विरुद्धका लागि, समाजमा लोककल्याणकारी भूमिकालाई स्थापित गर्नका लागि काम गरेको हुन्छ’, नेपालले भने ।
यसअघि नेपाली कांग्रेसका उमेदवार वंशलाल तामाङ संग पराजित भएका नेपाल यो पटक पुन दोहोरिएका छन् ।