मेलम्ची । मेलम्ची नगरपालिकामा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले तालमेल गरेका छन् । अब मेलम्ची नगरकाे प्रमुखमा आइतमान तामाङ प्रमुखमा र कुमारी तामाङ उपप्रमुखमा हुनेगरि तालमेल भएकाे हाे ।

यसअधि १२ गते छुट्टाछुट्टै उम्मेदवारी दिएका पार्टीविच अन्तिम समयमा तालमेल भएकाे हाे । यसअघि नेपाली कांग्रेसबाट प्रमुखमा आइतमान तामाङ र उपप्रमुखमा सविता गुरूङ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुखमा शेष बहादुर तामाङ र उपप्रमुखमा कुमारी तामाङले उम्मेदवारी दिएका थिए ।

तर अन्तिम समयमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति आइतमान तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रिय अध्यक्ष कुमारी तामाङले छलफल गरेर तालमेलकाे निर्णय गरेकाे हाे ।

नगरमा तालमेल गरेर जानुका साथै वडाहरूमा स्वच्छ प्रतिस्पर्धा गरिने बताईएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!