मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका—१२, सिन्धुखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि काभ्रेपलाञ्चोक जिल्ला मन्डनदेउपुर नगरपालिका ६ का ४० बर्षिया ईन्द्रबहादुर खड्काकाे मृत्यु भएकाे हाे ।

मेलम्चीबाट सिपाघाट तर्फ जादै गरेको बा ७४ प ७४८२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा खड्काको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

स्तरोन्नती भइरहेको सडकमा अनियन्त्रीत भइ मोटरसाइकल सडकबाट करिब ६५ मिटर तल खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!