नवलपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी बाट इन्द्रावती गाउँपालिका वडा नं १० मा वडा अध्यक्ष पदमा उमेदवारी दिएका शिवराम नेपालले आफ्नाे प्रतिबद्वताहरू ब्यक्त गरेका छन । आफुले बिजयी हासिल गरेमा शिक्षा, स्वास्थ्य, राेजगारी, कृषि, सडक, खानेपानी लगायतकाे क्षेत्रमा काम गर्ने उनले बताए ।

कक्षा १२ सम्म नि: शुल्क शिक्षा, कक्षा १० सम्मका विद्यार्थी हरु लाई मासिक ५०० भत्ता, ६० बर्ष माथिका जेष्ठ नागरिक लाई घर घर मै स्वास्थ्य परिक्षण, वडा भित्र रोजगारी सृजना गर्ने उद्योग लाई कर छुट दिने, कृषि बिशेषज्ञद्वारा कृषकलाई आधुनिकिकरण गर्ने, घर घर मा खाने पानीको ब्यबस्था गर्ने लगायतका महत्वकांक्षी याेजनाहरू नेपालले सार्वजनिक गरेका हुन ।

यस्ताे छ उनकाे प्रतिबद्वता :

शिक्षा क्षेत्रकाे प्रतिवद्वता
– कक्षा १२ सम्म नि: शुल्क शिक्षा
– कक्षा १० सम्म का विद्यार्थी हरु लाई मासिक ५०० भत्ता
– कक्षा ११/१२ सम्मका विद्यार्थीहरुलाइ १/१ सेट स्कुल पोशाक र कम्प्युटर तालिम/शिक्षा निशुल्क

स्वास्थ क्षेत्रकाे प्रतिवद्वता
– ६० बर्ष माथिका जेष्ठ नागरिक लाई घर घर मै स्वास्थ्य परिक्षण
– गम्भीर तथा दीर्घ रोगिलाइ मासिक ३००० भत्ताको ब्यबस्था
– सुत्केरी महिलालाइ मासिक २००० भत्ता ३ महिना सम्म

रोजगारी
– वडा भित्र रोजगारी सृजना हुने तालिम निशुल्क गराइ ब्याबसायिक बनाइ अनुदान उपलब्ध गराउने
– वडा भित्र रोजगारी सृजना गर्ने उद्योग लाई कर छुट दिने

कृषि
– मलखाद र बीउ बिजनलाई उत्पादनको आधारमा ५०% अनुदान दिने
– कृषि बिशेषज्ञ द्वारा कृषकलाई आधुनिकिकरण गर्ने र तालिम दिने
– कृषक लाई बिशेषज्ञ टाेली द्वारा परामर्श तथा सेवा खेत बारिमा नै गएर दिने

– सडकको स्तरोन्नती गर्ने
– घर घर मा खाने पानीको ब्यबस्था गर्ने

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!