मेलम्ची । मेलम्ची नगरपालिका ११ मा वडाध्यक्ष पदका लागी नेपाली काँग्रेसबाट सम्भु प्रसाद चौलागाई चुनावी मैदानमा छन । चुनावी मैदानमा रहँदा चाैलागाईले मेलम्ची ११ लाई विकासको नमुना बनाउने योजना रहेको बताएका छन ।

हालसम्म गरेको सामाजिक, मानवीय तथा राजनीतिक अनुभवलाई वडामा अधीकतम प्रयोग गर्ने र विगतमा स्थानीय सरकारले गरेको कुकर्म, मनोमानी, भ्रष्टाचार आदिको चिरफार गर्ने उनले बताए । “योजनाबद्ध विकासको अवधारणा तय गरी विकसीत सुसंस्कृत आत्मनिर्भर मेलम्ची बनाउन समग्र मेलम्ची ११ लाई विकासको नमुना बनाउने योजना रहेको छ”, उनले भने ।

मेलम्ची नगरपालिका तत्कालीन वडा नम्बर ४ का वडा समीति सचिव तथा क्षेत्रीय प्रतीनीधी रहेका चौलागाईले यहि बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा मेलम्ची नगरपालिका वडा नम्बर ११ मा वडाध्यक्ष पदका लागी नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका हुन ।

कर तथा लेखा प्रणालीमा दख्खल राख्ने उनिसँग आन्तरीक राजस्व कार्यालयमा २ बर्षको कार्य अनुभव तथा विभिन्न सरकारी तथा गैह्रसरकारी संस्थाहरुमा ८ बर्ष काम गरेको अनुभव पनि छ ।

यस्ता छन् उनका १० प्रतिबद्धता :
१. दिगो विकासको अवधारणा लागु हुनेछ
२. भ्रष्टाचारको शुन्य सहनसिलता लागु हुनेछ
३. शैक्षिक गुणस्तरमा व्यापक सुधार गरेर लैजाने
४. व्यावसायीक कृषि उत्पादनलाई बढावा दिई बजारीकरणमा सहयोग गर्ने
५. युवा परीचालन निती लागु गर्ने
६. बेरोजगारीको समस्या समाधानका आधारहरु तयार गर्ने
७. भौगोलीक, सामाजिक, आर्थीक, प्रावीधीक, बजार, व्यावस्थापन आदी सम्भाव्यताको आधारमा कार्यक्रमहरुको प्राथमीकीकरण गरी काम गर्ने
८. प्राकृतिक तथा मानवीय श्रोत साधनको उचीत एवं अधीकतम प्रयोग गर्ने
९. युवालाई रोजगार सहीतको परीचालन गर्ने
१०. आधारभुत आवश्यकतामा सहज पहुंचको व्यवस्था गर्ने ।

नेपाल कमर्श क्याम्पस मिनभवनबाट २०६८ सालमा बाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका युवा संघ नेपाल ईन्द्रेश्वरी मावी ईकाइ समीती सचीव, तत्कालीन क्षेत्र नम्बर ३ सदस्य, जिल्ला समीती सिन्धुपाल्चोक सह सचीव, ईकाइ समीती, नेपाल कर्मश क्याम्पस सदस्य, ईकाइ समीती, नेपाल कर्मश क्याम्पस उप सभापती, सिन्धु काठमाण्डौ सम्पर्क समीती सचीव लगायतका बिभिन्न पदमा रहेर काम गरिसकेका चाैलागाई हाल नेपाली कांग्रेसका क्रियासिल सदस्य तथा क्षेत्रीय प्रतीनीधी हुन ।

लामो समयदेखि वडामा क्रियाशिल भुमीकामा रहेर चौलागाईले पार्टीको आन्तरीक रुपमा संगठन बलीयो बनाउन महत्वपुर्ण भुमीका खेलिसकेका छन । उनले वडाका नागरिकलाई पर्ने हर समस्यामा नागरिकको साथमा रहेर काम गरिरहेका छन ।

जनतामाँझ लोकप्रिय चौलागाई अरू पार्टीले उठाएका उम्मेदवारभन्दा बलियो उम्मेदवार भएकाे जानकारहरू बताउँछन । उनलाई वडा सभापती तथा मेलम्चीका युवा नेताहरुले सहयोग गरीरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!