मेलम्ची । मेलम्ची नगरपालिका वडा नम्बर १२ बाट नेकपा एमाले परित्याग गरि १० जना ब्यक्तिहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

हिजाे एक कार्यक्रमका बिच नेपाली कांग्रेसका नेता तथा मेलम्ची नगरपालिकाका मेयरका उम्मेदवार आइतमान तामाङले नवप्रवेशीहरूलाइ खादा तथा टीका लगाएर नेपाली कांग्रेसमा प्रवेश गराएका हुन ।

दशकाैदेखि नेकपा एमालेमा रहेर काम गरेका उनिहरू नेपाली कांग्रेसमा प्रवेश गर्न पाउँदा खुसी लागेकाे बताए । साथै बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचनमा नेपाली कांग्रेसकाे तर्फबाट उम्मेदवारी दिएका आइतमान तामाङलाई साथ दिन उनिहरू कांग्रेस प्रवेश गरेकाे मेलम्ची नगर सचिव सुशान्त सिग्देलले जानकारी दिए ।

केहिदिन अघि मेलम्चीमै भएकाे एक कार्यक्रममा आधा दर्जन ब्यक्तिहरू कांग्रेस प्रवेश गरेका थिए । यसैबिच मेलम्चीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाली कांग्रेस तालमेल भएसंगै घरदैलाे अभियानलाई समेत तिब्रता दिइएकाे सिग्देलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!