थकनी । स्थानीय तहको निर्वाचनमा यसपटक मेलम्ची नगरपालिका वडा नम्बर ४ को अध्यक्ष पदका लागी नेपाली कांग्रेसबाट संजीव तामाङले उम्मेदवारी दिएका छन । यसपटक आफुले वडाको नेतृत्वमा रही काम गर्ने अवसर दिएमा वडाका नागरीकको जिवनस्तर सुधार गर्नु नै आफ्नो मुल संकल्प रहेको तामाङले बताए ।

२०६२=६३ को जनआन्दोलन देखी सक्रीय रुपमा राजनीतीमा प्रवेश गरेका तामाङले आफुभन्दा देश र नागरीक संधै माथी हुने बताएका छन् । २०६४ सालको निर्वाचनमा सशक्त रुपमा चुनावी माहोल सृजना गर्न उनले महत्वपुर्ण भुमीका खेलेका थिए । २०६४ सालमा नेपाल तरुण दलको सदस्यता लिएका तामाङ २०७२ मा सावीकको तकनी गावीसको अध्यक्षको भुमीकाम रही काम गरीसकेका छन् ।

२०७२ सालमै तामाङले नेपाली कांग्रेसको क्रियासिल सदस्यता लीई नेपाली कांग्रेसको संगठन विस्तार र पार्टीलाई बलीयो बनाउन अनवरत रुपमा लागीरहेका छन् । सामाजीक कामदेखी पार्टीको काममा तामाङले महत्वपुर्ण जिम्वेवारी सहीत काम गरीरहेका छन् ।

यस पटकको निर्वाचनमा मेलम्ची नगरपालीका वडा नम्बर ४ बाट वडा अध्यक्ष पहका उम्मेदवार बनेका तामाङले आफुले जितेमा वडालाई समृद बनाई नागरीकको जिवनस्तर सुधार गर्ने संकल्प समेत गरेका छन् । वडा तहमै रहेर वडाका नागरीकका माग र आवश्यकतालाई मध्यनजर गरी काम गर्ने तामाङले बताएका छन् ।

विशेषगरी वडाभित्र रहेका मोटरबाटोहरुको स्तरोन्न्ती गरी संधैभरी नागरीकले यातायातको सुवीधा लीनसक्ने बनाउनु आफ्नो प्राथमीकतामा भएको उनले बताएका छन् ।
समानुपातीक रुपमा थकनीको विकास गरी थकनीलाई पर्यटकीय हवको रुपमा देश तथा विदेशमा चिनाउने लक्ष्य रहेको तामाङले बताएका छन् । वडाका नागरीबलाई रोजगारी सृजना गरी नागरीकको जिवनस्तर सुधार गर्नु नै मुल सकल्प भएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!