नवलपुर । काेराेनाकाे समयमा घरदैलोमै स्वास्थ्य सामाग्री बितरण अभियान चलाएकि इन्द्रावती गाउँपालिका ४ कि दयाकुमारी मिश्रले नेपाली कांग्रेसकाे तर्फबाट इन्द्रावती गाउँपालिकाकाे उपाध्यक्ष पदमा उम्मेदवारी दिएकि छिन ।

२०७४ सालकाे निर्वाचनमा इन्द्रावती गाउँपालिका वडा नं ४ बाट वडा सदस्यमा निर्वाचित भएकि थिइन् मिश्र । उनिसंग वडा नं ४ मा कार्यबाहक वडा अध्यक्ष समेत चलाइसकेकाे अनुभव छ ।

उनी इन्द्रावती गाउँपालिकामा सकृय महिलाकाे रूपमा परिचय बनाउन समेत सफल भएकि छिन । “काेराेना महामारिकाे बेला हरेक जनताको घरदैलोमा पुगेर स्वास्थ्य सामाग्री वितरण गरेको थिए, सो कामको धेरैले प्रशंसा गर्नुभएकाे छ”, उनले भनिन “जनताकाे हरेक सुख दुखमा सँगै छु” ।

उनी भन्छिन “व्यक्तिगत स्वार्थभन्दा माथी उठेर जनता र समाजको लागी काम गरेको छु र सधै गर्ने प्रण गर्दछु” ।

नेपाली कांग्रेसको क्रियासिल सदस्य भई २०४५ सालदेखी सामाजिक कार्यको थालनी गर्दै उनि राजनीतीमा प्रवेश गरेकि हुन । उनले सुरुमा महिला विकास संस्थाबाट सामाजीक कामको थालनी गरेर संगठन बनाई अध्यक्षको भुमीकामा रहेर काम गरिन् । सो समयमा जिल्लाको उत्कृष्ट महीला समुह बनेर प्रमुख जिल्ला अधिकारीबाट सम्मानीत समेत भइन ।

महीला अधिकार र महीला सशक्तिकरणकाे क्षेत्रमा अनवरत रुपमा काम गरीरहेकि मिश्रले महिलालाई आत्मनीर्भर बनाउनको लागी विभिन्न् सभा, गोष्ठी र तालीमहरुको व्यावस्था गरी महीला स्वयंलाई घरबाट बाहीर आउने र आफ्नो कुरा राख्न सक्ने बनाउन हरदम लागिरहिन ।

नेपालमा संघियता सुरु भएपस्चातको निर्वाचनमा इन्द्रावती गाँउपालीका वडा नम्बर ४ को महीला सदस्यमा निर्वाचीत भइन । “सिंगो समुदायको माग, आवश्यकता लगाएतका विषयमा रही विकास निर्माणका काममा लागिरहेकाे छु”, मिश्रले भनिन । साथै उनले गाँउपालीकाको न्यायीक समीतीको सदस्या रही न्याय निरुपणको क्षेत्रमा काम समेत गरेकि छिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!