सुनकाेशी । नेकपा एमालेकि नेतृ मञ्जु नेपाल भण्डारीले पार्टी परित्याग गरेकि छन । नेकपा एमालेले माओवादी केन्द्रसंग गठबन्धन गरेपछि मञ्जुले पार्टी छाडेकि हुन ।

एमालेले उपाध्यक्षा उठेकी मञ्जुलाई पछी हटाई माओवादीसँग गठबन्धन गरेर दुर्गा थापालाई आधिकारिक उम्मेदवार बनाएको थियो । पार्टीले टिकट वितरणदेखी षडयन्त्र गरेकाले आफुले पार्टी छोडेको बताइन । पार्टीभित्रकाे जिम्वेवारीमा पनि ठाउँ नदीएको र आफ्नो विरुद्धमा पार्टीका अग्रज नेताहरु षड्यन्त्रपुर्वक लागेको उनले जारी गरेको विज्ञप्तीमा भनीएको छ ।

स्थानीय निर्वाचनमा एमाले सुनकोशीको उपाध्यक्षको लागी सिफारीस गरी उम्मेदवारी दीन लगाएपनि अन्तीम समयमा माओवादीसंग गठबन्धन गरी आफुलाई पछी पारीएको भन्दै उनले पार्टी छाडेकि हुन । केही व्यक्तीको स्वार्थका कारण आफुलाई पछी पारीएको उनले बताइन ।  २४ बर्षदेखीको नेकपा एमालेसंगको सहकार्य आजैको मितीदेखी अन्त्य गरेको उनले जानकारि दिइन ।

जिल्ला तहको संगठनमा रहेर उनले लामो समय विभिन्न जिम्वेवारीमा रहेर काम गरेकि थिइन । सुनकोशी ३ स्थायी ठेगाना घर भएकी नेपालले अब आफु पार्टीको साधारण सदस्यसमेत नरहेको विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!