पाँचपाेखरी । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गरेकी सगरमाथा आरोही माया गुरुङले आफ्नो घोषणापत्रमा पर्यटन र कृषि विकासलाई विशेष महत्त्व दिएकी छन् । पाँचपोखरीको पर्यटन विकास गर्न सके त्यहाँका युवा रोजीरोटी खोज्दै भौंतारिनु नपर्ने उनको बुझाइ छ ।

पालिकाभित्र करिब ६० प्रतिशत खाली रहेको जमिनलाई कृषिमा रूपान्तरण गर्ने उनको उद्देश्य छ । यसले स्वदेशी उत्पादनमा जोड दिने र रोजगारी सिर्जना गर्ने उनको तर्क छ ।

स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएकी उनी सन् २००८ अक्टुबरमा एक्सपोलर हिमालयन ट्राभल एण्ड एडभेन्चरको आयोजनामा सर्वोच्च सगरमाथाबाट ‘स्काईडाइभ’ गर्ने एसियाको पहिलो महिला पनि हुन् ।

कुनै राजनीतिक दलमा आबद्ध नभएकी ४७ वर्षीया गुरुङले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएकि हुन ।

२०६५ वैशाख ९ मा सगरमाथा आरोहण गरेकी उनी सातवटै महादेशको अग्लो हिमाल चढ्ने विश्वकै पहिलो टिममा पर्छिन् । सगरमाथा चढेर आएपछि गाउँमा पर्यटनसम्बन्धी थुप्रै काम गरिन् । युवालाई पर्यटन तालिम दिनेदेखि भूकम्पले भत्किएका स्कुल पुनर्निर्माण गर्न उनले पहल गरिन् । उनकै पहलमा पालिकाभित्र १९ वटा अस्थायी स्कुलका टहरा र दुईवटा पक्की शैक्षिक भवन निर्माण भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!