काठमाण्डाै । नेकपा एमाले सुनकाेसी गाउँपालिका उपाध्यक्षकि उम्मेदवार मञ्जु नेपाल भण्डारी काँग्रेसमा प्रवेश गरेकी छिन् ।

काठमाडौंमा भएको एक कार्यक्रममा उनी नेपाली काँग्रेस प्रवेश गरेकी हुन् । उनलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य माेहन बहादुर बस्नेतले आज काँग्रेसमा स्वागत गरेका छन ।

उनले आज बिहान एमाले त्यागेको प्रेस विज्ञप्ति निकालेकी थिईन् । एमालेले उपाध्यक्षा उठेकी मञ्जुलाई पछी हटाई माओवादीसँग गठबन्धन गरेर दुर्गा थापालाई आधिकारिक उम्मेदवार बनाएको थियो । पार्टीले टिकट वितरणदेखी षडयन्त्र गरेकाले आफुले पार्टी छोडेको बताइन ।

जिल्ला तहको संगठनमा रहेर उनले लामो समय विभिन्न जिम्वेवारीमा रहेर काम गरेकि थिइन । सुनकोशी ३ स्थायी ठेगाना घर भएकी नेपालले अब आफु पार्टीको साधारण सदस्यसमेत नरहेको विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!