कुञ्चाेक । नेपाली राजनीतिमा हरेक पेशा व्यवसायमा आवद्ध व्यक्ति जनप्रतिनिधि बन्नेको लर्को छ । सिन्धुपाल्चोककाे इन्द्रावती गाउँपालिका -२ को स्थानीय निर्वाचनमा पनि स्वास्थ्य क्षेत्रमा लागेका सन्तोष गिरी जनप्रतिनिधि बन्न कांग्रेस बाट वडासदस्यका उम्मेदवार बनेका छन ।

उनी इन्द्रावती गाउँपालिकाको केन्द्र नवलपुरमा मेडिकल संचालन गरेर जनताको सेवामा खटिँदै आएका छन ।
गिरीले खुल्ला सदस्यमा उम्मेदवार दिएका हुन् । स्वास्थ्य क्षेत्र बाट जनताको सेवा गर्दै आएका गिरी यसपालि जनप्रतिनिधि भएरै जनताको सेवामा समर्पित हुन् वडा सदस्यको उम्मेदवारी दिएको बताए ।

आफुले जितेको खण्डमा स्वाथ्य क्षेत्रमा जनतालाई सर्वसुलभ उपचार र निशुल्क उपचारका लागि प्रयत्न गर्ने बताए । भुकम्प गएको बेला गिरीले २ लाख बराबरको औषधि बाँडेकाे र अस्पतालमै कर्मचारी नभएको बेला पनि गिरीले सेवा प्रवाह गरेकाे जानकारी दिए ।

साथै वडामा जनताको जिवनस्तर उकास्न स्वास्थ्य क्षेत्रलाई उजागर गर्ने उनकाे याेजना छ । यस वडामा कांग्रेसले वडाध्यक्षका लागि श्याम सुवम गिरीलाई अगाडी सारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!