काठमाण्डाै । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले ईन्द्रावतीमा स्थानीय सरकारले ५ बर्षमा बिकासको खाका तयार पारी काम गरेको बताएका छन । स्थानीय निर्वाचन केन्द्रित इन्द्रावती काठमाण्डौं भेलालाई सम्बाेधन गर्दै उनले साे कुरा बताएका हुन ।

इन्द्रावतीमा नेपाली कांग्रेसले स्थानिय सरकारको नेतृत्व गरीरहँदा भएका विकासका कामहरुको दस्तावेज गाँउगाँउमा गएर हेर्न सकिने नेपाली कांग्रेसका नेता तामाङले जानकारि दिए ।

जनताको सेवा गर्दैगर्दा पदको लागी कुण्ठाको पछी नलाग्न पनि उनले आग्रह गरेका छन । ईन्द्रावती गाँउपालीकालाई भ्रष्टाचारको शुन्य सहनशिलता कायम गर्न सकेको उनले बताए ।

ईन्द्रावतीमा पाईपलाईमा रहेका कामहरु पुरा गर्नका लागी पनि यो पटक इन्द्रावतीमा नेपाली कांग्रेसको नेतृत्व आवश्यक रहेको उनकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!