नवलपुर । स्थानीय निर्वाचन केन्द्रित इन्द्रावती काठमाण्डौं भेला सम्पन्न भएको छ । सो कार्यक्रमको अवसरमा नेपाली कांग्रेसबाट इन्द्रावती गाँउपालीकाका लागी उम्मेदवार बिकास लामाले इन्द्रावतीको अधुरा काम पुरा गर्नका लागी यसपटक नेपाली कांग्रेसलाई विजयी गराउन आग्रह गरेका छन ।

इन्द्रावतीमा ५ बर्षमा भएका पुर्वाधार विकासहरु र अधुरा कामहरु पुरा गर्दै लैजानको लागी आफुले उम्मेदवारी दिएको लामाले बताए । पालीकामा सम्भावनाहरूलाई मध्येनजर गर्दै विकासका सम्भावना भएका ठाँउहरुमा योजनाबद्ध रुपमा गर्दै जाने उनले बताए ।

ईन्द्रावती १ देखी १२ सम्म हालसम्म भएगरेका कामहरुको फेहरीस्ता सुनाँउदै लामाले अब गर्न बाँकी रहेका कामहरुको पुरा गर्नको लागी नेतृत्व गर्ने अबसर दिन उनेले आग्रह गरेका छन । इन्द्रावतीमा रहेका धार्मीक पर्यटन विकासमा विशेष योजना बनाई काम गर्ने उनले जानकारी दिए । सबै धर्म र समुदायलाई समेटेर सम्भावीत ठाँउमा विकास गर्दै लैजाने उनलेले प्रतिबद्धता समेत व्यक्त गरे ।

गाँउपालीका भित्र रहेका पर्यटकीय स्थलहरु र सम्भावना बोकेका ठाँउहरुको पहिचान गरी पर्यटन प्रबर्द्धन गरी नागरीकको आयस्तर सुधार गर्दै लैजाने उनले बताए । यस्तै कृषि क्षेत्रमा विषेश कार्यक्रम बनाई कृषक र कृषि क्षेत्रको लागी आफु संधै सकारात्मक हुने उनकाे भनाई थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!