मेलम्ची । रेडियाे मिसनकाे सेवा अब मेलम्ची बाट पनि शुरू भएकाे छ । रेडियाे मिसनकाे सम्पर्क कार्यालय मेलम्चीमा स्थापना भएसंगै मेलम्ची बाट पनि सेवा सुरू हुने भएकाे हाे ।

हाल रेडियाे मिसनकाे नियमित प्रसारण नवलपुर बाट भइरहेकाे छ । अब मेलम्चीमा प्रशासनिक कामहरू लगायत समाचार संकलन, अन्तर्वार्ता, सुचना संकलन लगायतकाे काम काम हुने रेडियाे मिसन १०५.३ मेगाहर्जका अध्यक्ष निराजन चाैलागाईले जानकारी दिए ।

रेडियाे मिसन जिल्लाका सबै पालिकामा सुनिने भएपनि नवलपुर केन्द्रबाट पहुँच नपुगेका हेलम्बु, पांचपाेखरि र मेलम्चीमा समाचार संकलन र नागरिकसंगकाे प्रत्यक्ष सम्बन्ध राख्नका लागि सम्पर्क कार्यालय स्थापना गरिएकाे हाे ।

अहिले सम्पर्क कार्यालय स्थापना भएपनि केही समयमै मेलम्चीमा स्टुटियाे नै बनाएर काम गरिने रेडियाे मिसन १०५.३ मेगाहर्जका स्टेसन मेनेजर किरण थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!