
मेलम्ची । मेलम्ची नगरपालिकाको मेयरका उम्मेदवार आइतमान तामाङले आज मेलम्ची–५ बाट घरदैलो अभियान सुरु गरेका छन । नेपाली कांग्रेस मेयरमा र राप्रपाबाट उपमेयरमा हिजो तालमेल भएपछी आजबाट घरदैलो अभियान सुरु भएको हो ।
आज नगरपालीकाको वडा नम्बर ५, ६, ७ र ८ मा मेयर पदका उम्मेदवार आइतमान तामाङ र उपमेयर पदको उम्मेदवार कुमारी तामाङले संयुक्त रुपमा घरदैलो अभियान सुरु गरेका हुन् । घरदैलो अभियानमा मेलम्चीका नगर सभापतीका साथै अन्य नेताहरुको पनि सहभागीता रहेको थियो ।
घरदैलोका क्रममा तामाङले ज्येष्ठ नागरिकलाई ढोगेर आर्शीवाद लिएका छन भने अन्य दलहरुसंग सौहार्दता देखाएका छन । ज्येष्ठ नागरिकले तामाङकोे शीरमा हात राखेर आर्शीवाद दिएका छन् ।
मेयरका उम्मेदवार तामाङले यसपटक आफुलाई नगरपालीकाको नेतृत्व गर्ने अवसर दिन नागरीकसंग आग्रह समेत गरेका छन । नगरपालीकाको दिगो विकास र नागरीकमैत्रि सेवाको लागी आफुलाई अमुल्य मतदान गर्न उनले आग्रह गरेका छन ।