
भोटेकोशीको मुहार फेर्न नेपाली काँग्रेसको तर्फबाट भोटेकोशी गाउँपालिका अध्यक्षको उम्मेदवार पासाङ नाेर्बु लामाले १५ संकल्प प्रस्तुत गरेका छन ।
लामाले भोटेकोशी गाउँपालिकालाई भ्रष्टाचारमुक्त बनाउने, शैक्षिक गुणस्तर अभिबृद्वि, सर्वसुलभ स्वास्थ्य सेवा, घर-घरमा स्वच्छ खानेपानी वितरण, डिजिटल भौटेकोशीको अवधारणा लगायतका १५ संकल्पहरू सार्वजनिक गरेका छन ।
नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका लामाले सेवामा समर्पित रहने प्रतिबद्धता सहित समग्र भोटेकोसीको शिक्षा, स्वास्थ्यमा लगानी, स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्न, भोटेकोशीमा विकासका पुर्वाधारहरूको गुणस्तरीय नतिजा ल्याउने प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।
यस्ता छन लामाकाे १५ संकल्प :
१. भ्रष्टाचारमुक्त भोटेकोशी
२. शिक्षामा गुणस्तर
३. सर्वसुलभ स्वास्थ्य सेवा
४. कृषिमा आधुनीकिकरण साथै व्यवसायीकरण
४. गुणस्तरीय पुर्वाधार विकासको योजना
६. घर-घरमा स्वच्छ खानेपानी वितरण
७. खेलकुदमा स्थानिय पहुँच र सुविधा
८. पर्यटनमा विकास र व्यवसायिकरण
९. प्राकृतिक प्रकोप जोखिम न्युनिकरण तथा समाधान
१०. डिजिटल भौटेकोशीको अवधारणा
११. बालबालिका, महिला तथा बृद्वबृद्धाहरुको विशेष कार्यक्रम
१२. लघु जलविद्युत उत्पादन तथा निःशुल्क वितरण
१३. उद्योग कलकारखाना स्थापना साथै रोजगारी सिर्जना
१४. स्थानिय कला, संस्कृति, साहित्य, जात्रा प्रवर्द्धन
१५. सम्मान, सत्कार र सद्भाव सहितको समाज निर्माण