
मेलम्ची । मेलम्ची नगरपालिकामा मेयरका उम्मेदवार आइतमान तामाङको चुनाबी गित सार्वजनिक भएको छ । आसन्न पालिका चुनावमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका तामाङकाे सङ्कल्पहरुलाई समेटेर तयार गरिएको गीत युट्युब मार्फत सार्वजनिक भएको हो ।
गीतमा आइतमान तामाङलाई जिताएको खण्डमा मेलम्ची नगरे बिकासको निम्ति बनाइएको योजनाहरुलाइ गित मार्फत प्रस्तुत गर्न खोजेको गितका रचनाकार ओम तामाङ वाइबाले बताए ।
गीतको शब्द कोरेका वाइबा आफैले स्वर पनि दिएका हुन । सरगम स्टुडियोमा रेकर्ड भएको उक्त गीत जोगलाल लामाको सङ्गीत संयोजन र दिपेश प्रधान मिक्सिङमा तयार भएको हो । गीत ओम कला केन्द्रको अफिसियल युट्युब च्यानल मार्फत अडियो बजारमा आएको छ ।