नवलपुर । इन्द्रावती गाउँपालिकाको अध्यक्षका उम्मेदवार बिकास लामाले आज इन्द्रावती ९ बाट घरदैलो अभियान सुरु गरेका छन । नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति लामालाई ८६ बर्षिय मंगलि तामाङले आशिर्वाद दिएर अभियानकाे सुरूवात गरिएकाे हाे ।

इन्द्रावति गाउँपालिकामा नेपाली कांग्रेसकाे तर्फबाट अध्यक्षमा विकास लामा र उपाध्यक्षमा दयाकुमारि मिश्र रहेका छन । घरदैलाे अभियानमा नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य बिष्णु बिक्रम थापा, महासमिति सदस्य राजु गाेर्खालि, जिल्ला सदस्य नवराज भट्टराई, गाउँपालिका सभापति जीवन कुमार थापामगर लगायतकाे उपस्थिति रहेकाे थियाे ।

आज वडा नम्बर ९ काे सिपाटारबाट अभियान सुरू भएकाे हाे । साे वडा विकास लामाकाे गृह वडा पनि हाे ।

आज गाउँपालीकाको वडा नम्बर ९ र १० मा अध्यक्ष पदका उम्मेदवार विकास लामा र उपाध्यक्ष पदको उम्मेदवार दया कुमारी मिश्रले घरदैलो अभियानकाे क्रममा स्थानिय नागरिकहरूलाई भेटेर यसपटकको निर्वाचनमा रूख चिन्हमा मतदान दिनकाे लागि आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!