
सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी वडा नम्बर ७ का वडाध्यक्षका उम्मेदवार कृष्ण प्रसाद दंगाल विवादमा तानिएका छन् ।
माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार भएका दंगाल १७ वर्षअघि दुध डेरी सञ्चालन गर्छु भन्दै किसानबाट उठाएको रकमको हिसाबकिताब देखाउन नसक्दा विवादमा तानिएका हुन् । उनले १७ वर्ष अघि डेरी सञ्चाल गर्ने भन्दै प्रत्येक किसानबाट एक हजारको दरले चार लाख पैसा उठाएको स्थानीयहरुले बताएका छन् ।
‘स्थानीय रुपक धितालले आफ्नो फेसबुक पेजमा लेख्दै भनेका छन्,१७ बर्ष देखि ४०० जना किसानलाई कायापलट गराउने भनेर उठाको करिब ४०००००, चार लाखको हिसाब त मिलेको पाइएन अब झन करोडौंको हिसाब कसरी मिल्छ होला वडा?’
उनले तत्कालीन अवस्थामा पैसा उठाएको रसिद समेत सार्वजनिक भएका छन । करिब १७ बर्ष अघि ४ लाख रकम असुलेर चुपचाप बसेका दंगाल अहिले किसानको नारामा सर्वोपरि देखिएका छन।
चौतारामा डेरि चलाएका उनले किसानबाट असुलेको रकम अहिलेसम्म देखाउन सकेका छैनन् । किसानको रकम फिर्ता नगरेपछि अहिले उनको बारेमा विरोध हुन थालेको छ।
किसानबाट एक हजार रकम उठाएका उनले अहिलेसम्म न रकम फिर्ता गरेका छ्न न त किसानको लागि डेरि नै चलाएका छ्न्।