सिम्पाल । इन्द्रावती गाउँपालिका वडा १ को वडाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन। यस वडा माओवादी बाहेका ३ दल कांग्रेस ,एमाले र राप्रपाले पुरानै हस्ती लाई वडाध्यक्षमा अगाडि सारेका हुन।

कांग्रेस बाट महाधिवेशन प्रतिनिधि श्री लामा, एमाले बाट चीनलाल तामाङ, माओवादी बाट दोर्जे घिसिङ र राप्रपा बाट मान बहादुर भारती उम्मेदवार बनेका हुन् । ७४ को स्थानीय निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका लामा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

अहिले उनै लामालाई कांग्रेसले फेरि पनि वडाध्यक्षका लागि अघि सारेकाे छ भने एमालेले पुरानै वडाध्यक्षकै प्रत्यासी चीनलाल लाई अगाडि सार्दा राप्रपाले पनि पुरानै उम्मेदवार लाई अघि सारेको हो। माओवादीले भने नयाँ उम्मेदवार दावा लाई अवसर दिएको छ।

यस्तो थियो वडा १ को २०७४ को नतिजा:

कांग्रेसका उम्मेदवार श्री लामाले ३३१ मत ल्याएर विजयी बन्दा एमालेका चीनलालले २९१ मत पाए भने माओवादीका दावा तामाङले २७१ मत पाउँदा राप्रपाका मान बहादुरले ७८ मत पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!