नवलपुर । इन्द्रावती गाउँपालिका -४ मा राष्ट्रिय प्रजातन्त्र पार्टी बाट वडाध्यक्षका उम्मेदवार बनेका विजेश हिमालयले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन।

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै हिमालयले काम गर्न सकिने प्रतिबद्धता पत्र मात्र सार्वजनिक गर्न र फाेस्रा गफ नगर्न सबैलाइ आग्रह गरे । ‘आजका जनतालाई गफ मनपर्दैन, काम गरेरै देखाउँछु’, उनले भने । आफुलाई मत दिई विजयी गराउन समेत उनले आग्रह गरेका छन ।

यस्तो छ उनको प्रतिबद्धता पत्र
– वडाबाट प्रवाह हुने सेवालाई छिटो छरितो र प्रभावकारी बनाइनेछ।
– इन्द्रावती गाउँपालिका -४ – बालबालिकाहरूका लागि शिक्षामा विशेष लगानी गर्ने
– गरीव तथा जेहेन्दार, अपाङ्ग वालवालिकाहरूको शिक्षालाई पूर्ण निःशुल्क बनाइनेछ
– वडा भित्र सञ्चालित सामुदायिक विद्यालयलाई प्राविधिक विषयमा जोड दिइनेछ
– राष्ट्रिय प्रजातन्त्र पार्टीले विलासिताका साधनहरू प्रयोगमा रोक लगाउनेछ
– किसानलाई कृषिक्षेत्रमा चाहिने विउ विजन, मलखाद समयमै उपलब्ध गराई विज्ञ प्राविधिकको व्यवस्था गरिनेछ
– वडाभित्र भएका सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तर निजी विद्यालय सरह बनाइनेछ
– स्थानीय श्रोत तथा साधनबाट उठेको स्थानीय कर सम्बन्धित वडालाई पहिलो प्राथमिकता दिनेछ
– गरीबका रेखामुनी रहेका परिवारलाई आयआर्जनका साथै कृषिमा लगानी गरिनेछ
– वडा भित्रका ज्येष्ठ नागरिकहरूको नियमित स्वास्थ्य परीक्षणकालागि महिनाको एक पटक घुम्ती स्वास्थ्य शिविरहरू संचालन गरिनेछ
– कृषकहरूको पशु बिमा गराई पशुपालनलाई व्यवसायिक बनाइने छ साथै अगुवा कृषकहरूलाई उचित पुरस्कारको
व्यवस्था गर्ने
– ग्रामीण भेगमा रहेका शाखा बाटोहरूलाई स्तरोन्नती गरी निरन्तर यातायातका साधनहरू सञ्चाल योग्य बनाइनेछ
– वडा भित्र रहेका मुख्य सडक खण्ड कालोपत्रे गर्नका लागि प्रदेश तथा केन्द्रीय सरकारसंग विशेष पहल गरिनेछ
– विगतका दिनहरूमा वडामा देखिएको खानेपानीको समस्यालाई प्राथमिकतामा राखेर समाधान गरिनेछ
– वडा भित्र रहेका सांस्कृतिक सम्पदाहरू मठ, मन्दिर, गम्बा, देवालय) संरक्षण गरिनेछ
– सरकारले पहिचान गरेका गरीब परिवारलाई तत्काल तथा दिर्घकालिन राहत सहित एक घर एक परिवार रोजगारीका
लागि पहल गरिनेछ
– यूवाहरुलाई रोजगारमुलक सिप विकास तालिम सञ्चालन गरि तालिम प्राप्त जनशक्तीलाई व्यवसाय वा रोजगारीका लागि पहल गरिनेछ
– वडामा विकास निर्माणका हरेक कार्यमा जनताको भावना अनुरुप समन्वय र सहकार्य गरि प्रत्यक्ष जन सहभागितालाई पहिलो प्राथमिकता दिइने छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!